अक्टोबर र जुन (ओ. हेनरी)

 


  • अमेरिकी साहित्यका सर्वाधिक लोकप्रिय अमेरिकी कथाकार ओ. हेनरी (१८६२-१९१०)को वास्तविक नाम विलियम सिड्नी पोर्टर हो । उनको नाम कसरी ओ. हेनरी रह्यो भन्नेबारे अझै पनि इतिहासकारहरूबीच मतभेद रहने गरेको छ । कत्तिले यो नाम उनको हेनरी नामको बिरालोबाट आएको दाबी गर्छन् भने कत्तिले 'ओ.'लाई केही कुराको संक्षिप्त रुप भएको दाबी गर्छन् । ओ. हेनरीले भने न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा हेनरी नाम आफूले पत्रिकामा भेटेको र 'ओ' प्रयोग गर्नको लागि सजिलो अक्षर भएकाले नाममा राखेको बताएका थिए ।
  • उनले ६०० भन्दा बढी कथा रचेका छन् भने उनका कथाहरू रोचक अन्त्यका लागि प्रसिद्ध छन् । उनका प्रसिद्ध कथाहरूमा 'द गिफ्ट अफ मागी', 'द र्यान्सम अफ रेड चिफ' र 'द लास्ट लिफ' पर्छन् । अस्टिनको पहिलो राष्ट्रिय बैंकमा काम गर्दैगर्दा सन् १८९४ मा उनलाई पैसा हिनामिना गरेको अभियोग लागेको थियो । यस मुद्दाबाट बच्न उनी सन् १८९६ मा होन्डुरास फरार भएका थिए । तर उनी एक वर्षपछि अस्टिन फर्किदा उनको अभियोग प्रमाणित भएकाले उनलाई गिरफ्तार गरिएको थियो र उनले तीन वर्षको जेलसजाय काट्नुपरेको थियो । जेलमा रहँदा उनी लेखनमा केन्द्रित भएका थिए र त्यतिबेला नै उनले आफ्नो साहित्यिक नाम राखेका थिए । प्रस्तुत छ हेनरीको अंग्रेजी कथा 'अक्टोबर एण्ड जुन'को अनुप जोशीले गरेको नेपाली अनुवाद: 

प्तानले पर्खालमा झुन्डिरहेको आफ्नो तरबारलाई निकै उदास नजरले हेर्यो । नजिकै रहेको दराजमा उसको खुइलिएको फौजी पोशाक राखिएको थियो जो मौसमले गर्दा र पुरानो भएकाले छिन्न-भिन्न अवस्थामा थियो । युद्धको शंख बजेको बेलादेखि अहिलेसम्म निकै लामो समय बितिसकेको महसुस हुन्थ्यो।


अब ऊ आफ्नो देशको संकटकालसँग जुध्नको लागि अनुभवी भइसकेको भए पनि एउटी स्त्रीको कोमल आँखा र मुस्काराउँदो ओठको अगाडि भने आत्मसमर्पण गरेर बसेको थियो । आफ्नो शान्त कोठामा बसिरहेको उसले आफ्नो हातमा त्यहि स्त्रीबाट भर्खरै प्राप्त भएको चिठ्ठी उठायो – यही चिठ्ठी थियो जसले उसका आँखाहरूमा उदासी भरिदिएको थियो। उसले आफ्ना सबै आशाहरू भताभुङ्ग पार्ने ती हरफहरू फेरि पढ्न थाल्यो :

‘तपाईंले मलाई आफ्नो श्रीमती बनाउँछु भनेर जुन आदर दिनुभएको छ त्यसलाई अस्वीकार गर्दै गर्दा मैले यो महसुस गरेकी छु कि मैले सबै कुरा तपाईंलाई खुल्ला हृदयले भन्नुपर्छ । मैले यसरी अस्वीकार गर्नुपर्ने प्रमुख कारणमा हामी दुई बीचको उमेरको अत्यधिक अन्तर रहेको छ। म तपाईंलाई अत्यन्तै धेरै मन पराउँछु । तर मलाई पूरा विश्वास छ कि हाम्रो बिहे सफल हुनेछैन । मलाई यो लेख्नुपर्दा अत्यन्तै नराम्रो लागिरहेछ तर मलाई विश्वास छ कि मैले जे हो त्यहि प्रष्ट बताएकाले तपाईंले मेरो इमानदारीलाई पक्कै पनि प्रशंसा गर्नुहुनेछ।'

कप्तानले लामो सुस्केरा हाल्यो र आखाँभरि आँशु बनाएर आफ्नो टाउको आफ्नो हातमा झुकायो । हो, यो सत्य थियो कि उनीहरू बीच धेरै वर्षको अन्तर थियो । तर ऊ शक्तिशाली र कठोर थियो । ऊसँग प्रसस्त सम्पत्ति र इज्जत प्रतिष्ठा पनि थियो । के उसको प्रेम, उसले गर्ने हेरचाह र उसको क्षमताले उनलाई उसको उमेरको सवाललाई बिर्साउन सक्दैनथ्यो ? फेरि उसलाई यो कुराको पनि पक्का एकीन थियो कि ऊ उसको निकैख्याल राख्थी ।

कप्तान तुरुन्तै निर्णय लिईहाल्ने खालको व्यक्ति थियो । युद्ध मैदानमा ऊ आफ्नो ऊर्जा र निर्णय लिन सक्ने खुबीका लागि प्रसिद्ध थियो । उसले तय गर्यो कि ऊ अब आफ्नी मायालुलाई भेट्न जानेछ र आफ्नो बन्नका लागि फेरी अनुनय/विनय गर्नेछ । उमेर ! – यो के नै ठूलो कुरा थियो र ऊ र उसको मायालुको बीचमा आउनका लागि ?

दुई घण्टा पछि ऊ आफ्नो जिन्दगीको सबैभन्दा ठूलो युद्धको लागि मार्च गर्न तयार भएर उठ्यो । उसले टेनिसीको प्राचीन दक्षिणी सहरको रेल समात्यो जहाँ ऊ बस्थी ।

उसले विनम्र स्वरमा भनी, ‘जे भइरहेको छ त्यो राम्रैका लागि भइरहेको छ । मैले यसलाई लिएर आफैंसंग धेरै तर्क-वितर्क गरिसकेकी छु । कुनै दिन, तपाई आफै महसुस गर्नुहुनेछ कि मैले तपाईंसंग बिहे नगरेर राम्रो नै गरें ।

जब कप्तान त्यो घरको गेटभित्र पसेर अगाडि बढ्यो तब थियोडोरा सुन्दर, आलिसान पुरानो घरको सिढीमा बसेर गर्मीको त्यो गोधूलि साँझको आनन्द लिइरहेकी थिई । उसले यस्तो मुस्कानका साथ कप्तानलाई भेटी जसमा कुनै खालको चिन्ता लुकेको थिएन । कप्तान ऊ भन्दा एक खुड्किलो तलको सिंढीमा उभिदा उनीहरू बीचको उमेरको अन्तर खासै देखिएको थिएन । ऊ अग्लो र सिधा थियो र उसका स्पष्ट खैरा आँखाहरू थिए । उसकी मायालु भने आफ्नो यौवनको उत्कर्षमा फ़क्रिएकी थिई ।

‘मलाई तपाईं आउनुहुनेछ भन्ने अपेक्षा थिएन’, थियोडोरा बोली, ‘तर अब तपाईं आइसक्न्नुभएको छ त तपाईं सिंढीमा बस्न सक्नुहुन्छ । के तपाईंले मेरो चिठ्ठी पाउनुभएन ?’

‘पाएँ’, कप्तानले भन्यो, ‘र त्यसैको शिलशिलामा म यहाँ आएको हुँ। हेर थियो, म यो भन्न चाहन्छु कि तिमी आफ्नो उत्तरलाई लिएर एकपल्ट पुनरविचार गर । हुन्न ?’

थियोडोराले उसलाई मन्द मुस्कान दिई । उसले फौजमा आफ्नो वर्षहरू राम्रोसँग विताएको थियो । ऊ उसको ताकत, उसको रुप र उसको मर्दांगीलाई निकै मन पराउँथी। यदी उनीहरूको उमेर पनि मिलेको भए -

‘हुँदैन, हुँदैन’, उसले भनी र आफ्नो टाउको हल्लाई । ‘अब त्यसको सवाल नै उठ्दैन । म तपाईंलाई धेरै मन पराउँछु । तर बिहे गर्न सम्भव छैन। मेरो उमेर र तपाईंको उमेर....तर मलाई अब फेरी हुन्न भन्ने नबनाउनुहोस् – मैले पत्रमा नै भनिसकेकी थिएँ’

कप्तानको मुख रातो भयो । केहीबेरका लागि ऊ चुप रह्यो र साँझको गोधूलिलाई एकटकले हेरिरह्यो । रुखहरूको धर्सा भन्दा पर उसले एउटा मैदान देख्न सक्थ्यो जहाँ निलो पोशाक लगाएका केटाहरूले समुद्र तर्फ मार्च गर्दै गर्दा कुनै बेला क्याम्प बनाएर बसेका थिए । अहिले यो कति पुरानो जस्तो लाग्थ्यो ! साँच्चै, भाग्य र समयको इश्वरले उसलाई निकै ठूलो धोका दिएका थिए। ऊ र उसको खुसीबीच केही वर्षको मात्र दूरि थियो ।

थियोडोराका हातहरूतल झरे र उसको दृढ, खैरा हातहरूको पकडमा गएर बसे । आखिरमा आएर थियोडोरालाई कमसेकम प्रेमजस्तो त्यो भावको अनुभूति त भएरै छाड्यो।

जब ऊ विदाईको आफ्नो अन्तिम हात हल्लाउन उठ्यो, उसको मुख बन्द भयो र उसको काँध अचल भयो ।

‘कृपया,यसलाई यति धेरै गाम्भीर्यताका साथ नलिनु’, उसले विनम्र स्वरमा भनी, ‘जे भइरहेको छ त्यो राम्रैका लागि भइरहेको छ । मैले यसलाई लिएर आफैंसंग धेरै तर्क-वितर्क गरिसकेकी छु । कुनै दिन, तपाई आफै महसुस गर्नुहुनेछ कि मैले तपाईंसंग बिहे नगरेर राम्रो नै गरें । हुनसक्छ कि केही समयको लागि हाम्रो विवाह राम्रो नै लाग्ला । तर अलिकति सोच्नुस् त ! केही वर्षपछि नै हाम्रो रुची कति भिन्न हुँदै जानेछन् । हामीमध्ये एक अगेनोको छेउमा बसेर केही पढ्न मन गर्नेछ, वा साँझमा बुढ्यौलीले गर्दा भएको झनझनाहट र बाथको उपचार गर्नेबारेमा सोचेर बस्छ । जबकी अर्को नाच, थियटर र राती अवेरसम्म चल्ने पार्टीमा सामेल हुनको लागि बेचैन भइरहेको हुनेछ । हुँदैन, मेरो प्रिय साथी। यदी यसलाई जनवरी र मे नमान्ने हो भने पनि यसलाई अक्टोबर र जुनको आरम्भको मामला त मान्न सकिन्छ नै’

‘म संधै त्यहि गर्नेछु थियो, जो तिमी चाहनेछौ, यदी तिमी चाहन्छ्यौ भने...’

‘अहँ, तपाईं गर्नुहुनेछैन । तपाईंलाई अहिले लाग्छ कि तपाईं गर्नुहुनेछ तर तपाईं गर्न सक्नुहुने छैन । कृपया मलाई फेरी यसबारे नसोध्नुहोला’

कप्तान युद्धमा पराजित भइसकेको थियो। तर ऊ साहसिक योद्धा थियो र जब ऊ विदाईको आफ्नो अन्तिम हात हल्लाउन उठ्यो, उसको मुख बन्द भयो र उसको काँध अचल भयो ।

उसले त्यही रात नै उत्तरतर्फ जाने रेल समात्यो । अर्को साँझ ऊ आफ्नो कोठामा फर्किसकेको थियो जहाँ पर्खालमा उसको तरबार झुन्डिरहेको थियो। ऊ रातको भोजनको लागि कपडा फेरिरहेको थियो ।र त्यहि क्षण ऊ एउटा उदास मनोवादमा पनि लीन थियो :

‘यो ज्यानको कसम, अब त मलाई विश्वास भएको छ कि थियोले ठीक नै भनेकी थिई । कसैले पनि यो कुरालाई नकार्न सक्दैन कि ऊ निकै जवान र सुन्दर छे । तर जतिनै खुल्ला हृदयलेले हिसाब गरे पनि ऊ अठ्ठाइस भन्दा कम त पक्कै छैन होला ।’

तर कप्तान त केवल १९ वर्षको मात्रै थियो। र उसलाई आफ्नो तरबार निकाल्ने कहिले जरुरत परेको थिएन, शिवाय एकपल्ट र त्यो पनि उसले चाटानूगाको परेड ग्राउण्डमा निकालेको थियो । उसले स्पेनिश-अमेरिकी युद्धको सबैभन्दा करीब पुगेको भनेको यही क्षण नै थियो ।

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment