सन् १८५० मा जन्मेका सुप्रसिद्ध फान्सेली लेखक गाई दी मोपासांलाई विश्व साहित्यमा १९औं शताब्दीको एक महान् कथाकारको रुपमा लिने गरिन्छ । कम उमेरमै 'सिफलिस' रोगबाट संक्रमित बनेका उनी यही रोगका कारण पछि एकान्त मन पराउने र डराउने खालका भएका थिए । सन् १८९२ मा उनले आफ्नै घाँटी काटेर आत्महत्याको प्रयास गरेपछि उनलाई पागलखानामा लगिएको थियो । त्यसको एक वर्षपछि उनी ४३ वर्षको उमेरमा बितेका थिए । कम उमेरमै संसार छोडे पनि उनले आफ्नो जीवनकालमा ६ वटा उपन्यास र ३०० भन्दा बढी कथाहरू लेखेका थिए । उनको बारेमा रोचक कुरा यो छ कि उनी सन् १८८७ मा पेरिसमा निर्माण गरिएको सुन्दर आइफेल टावरलाई मन पराउँदैनथे । तर उनी त्यही टावरको तल रहेको रेस्टुराँमा गएर खाना खाने गर्थे किनभने पेरिसको सबैतिरबाट देखिने आइफेल टावर त्यहाँबाट भने देखिदैनथ्यो । प्रस्तुत छ खरीबोटका लागि अनुप जोशीले अनुवाद गरेको उनको कथा 'अ डेड वुमन्स सेक्रेट' :
ती महिलाले कुनै पीडा बिना, शान्तिपूर्ण रुपमा मृत्युवरण गरेकी थिइन् । सबैको नजरमा उनको जीवन निष्कलंक थियो । अहिले उनी ढाडको बलमा आफ्नो ओछ्यानमा पल्टिरहेकी थिइन् । उनका आँखाहरू बन्द थिए, उनी शान्त मुद्रामा देखिन्थिन् र उनको लामो कपाल निकै ध्यानपूर्वक कोरिएको थियो र यस्तो लाग्थ्यो कि उनले मर्नुभन्दा १० मिनेट अघि मात्र आफैंले कपाल कोरेकी थिइन् । दिवंगत महिलाको सम्पूर्ण आकृति हेर्दा यति शान्त र स्थिर देखिन्थ्यो कि जो कसैले पनि उनको शरीरमा एक सुन्दर आत्माले बास गर्ने गर्थ्यो भन्ने अनुभूति गर्थे । जसलाई पनि उनको मृत्यु सहज र पवित्र ढंगले भएको आभास हुन्थ्यो ।
लास राखिएको खाटको छेउमा आडेस लाएर उनको न्यायधिश छोरो र सिस्टर युलाली नामले परिचित उनकी छोरी मार्गुराइट मुटु नै फुट्ला जस्तो गरी भक्कनिंदै रोइरहेका थिए । उनले बाल्यकालदेखि नै उनीहरूलाई धर्मबारे ज्ञान दिंदै कडा नैतिक शिक्षा सिकाएकी थिइन् र कुनै पनि अवस्थामा आफ्नो धर्म निर्वाह गर्न अर्ती दिएकी थिइन् । उनको छोरा एक न्यायधिश भएको थियो र कानूनलाई हतियारको रुपमा प्रयोग गरेर कमजोरहरू माथि कुनै दया विना नै प्रहार गर्थ्यो । र पुरषहरूलाई घृणा गर्ने उनकी छोरी भने चर्चकी दुलही बनेर बसेकी थिई ।
उनीहरूले आफ्नो पितालाई मुश्किलले चिनेका थिए र उनीहरूलाई यति मात्र थाहा थियो कि उनले आमालाई निकै दु:ख दिन्थे । तर यसबारे विस्तृतरुपमा भने उनीहरूलाई केही ज्ञान थिएन ।
चर्चकी नन छोरीले बौलाहा जस्तो गरी दिवंगत आमाको जिजसको ठूलो क्रस जस्तै सेतो हातलाई चुम्बन गरिरहेकी थिई । अर्को तर्फको आमाको हातले भने अझै पनि तन्दालाई समातिरहेको थियो ।
ढोकामा ढकढक आवाज सुनेर विलौना गरिरहेका दुई शिरहरू उठे र भर्खरै रात्रीभोजन सकेर आएको पुजारी भित्र पस्यो । केही रात यताको थकानलाई पराजित गर्न उसले पिएको कफी र ब्रान्डीको कक्टेलले गर्दा उसको अनुहार रातो भएको थियो ।
ऊ दु:खी देखिन्थ्यो । तर कसैको मृत्युबाट नै गुजारा चलाउने उसको दु:ख बनावटी थियो । उसले आफ्नो हातको इशाराले क्रसको चिन्ह बनायो र व्यवसायिक शैलीमा भन्यो, ‘मेरा दु:खी सन्तानहरू ! म यहाँ तिमीहरूलाई यो दु:खको घडीमा साथ दिन आएको छु’ । तर सिस्टर युलाली अचानक उठी र भनी, ‘धन्यवाद फादर! तर म र मेरो दाई केहीबेर उहाँसँग एक्लै बस्न चाहन्छौं । उहाँलाई यसरी देख्न पाउने यो हाम्रो अन्तिम मौका हो र हामी बच्चामा जस्तै गरी तीनै जना सँगै हुन चाहन्छौं जतिबेला हाम्री दु:खी आमा-‘
वेदना र आँसुले उसलाई बीचमै रोक्यो । उसले अरु केही भन्न सकिन ।
फेरि एकपल्ट शान्तिपूर्ण तरिकाले पुजारीले आफ्नो ओछयान सम्झंदै झुकेर अभिवादन गर्यो । ‘तिमीहरूको जो इच्छा, मेरा सन्तानहरू’ । उसले घुँडा टेक्यो, हातले क्रसको चिन्ह बनायो, प्रार्थना गर्यो, उठ्यो र ‘उहाँ निकै सन्त हुनुहुन्थ्यो!’ भन्दै शान्तिपूर्वक बाहिर गयो ।
अब उनीहरू एक्लै भए । दिवंगत महिला र उनका दुई सन्तानहरू मात्र । छाँयामा लुकेको घडीको टिकटिक आवाज स्पष्टसँग सुन्न सकिन्थ्यो र खुला झ्यालबाट जुनको प्रकाश भित्र आइरहेको थियो । त्यहाँ कहिलेकाहीँ भ्यागुताको ट्वारट्वार र किराहरूको आवाजबाहेक अरु केही सुन्न सकिन्नथ्यो । निस्सीम शान्ति, इश्वरीय वेदना र आवाजविहीन चकमन्नताले ती दिवंगत महिलालाई घेरेको थियो ।
त्यसपछि घुँडा टेकीरहेको न्यायधिशले विदनायुक्त आवाजमा चिच्यायो, ‘आमा ! आमा ! आमा!’ र उसकी बहिनी भित्ताको काठमा टाउको ठोक्काउँदै र थर्थर्ती काँप्दै बर्बराई, ‘जिजस, जिजस, आमा, जिजस!’ र पीडाको आँधीले हल्लाएका दुवैजनाले निसास्सिदै स्वास्वा गरे ।
संकट विस्तारै कम हुँदै गयो र उनीहरू अलि शान्त भएर रुन थाले ।
धेरै समय वितेपछि उनीहरू उठे र दिवंगत आमाको शरीरमा हेरे । र त्यसपछि उनीहरूको दिमागमा अतितका यादहरू सल्बलाउन थाले । हिजोसम्म प्रिय ती यादहरू अहिले कति पीडादायक भएका थिए ।
केही समय वितेपछि उनीहरू उठे र दिवंगत आमाको शरीरमा हेरे । र त्यसपछि उनीहरूको दिमागमा अतितका यादहरू सल्बलाउन थाले । हिजोसम्म प्रिय ती यादहरू अहिले कति पीडादायक भएका थिए । बिर्सेका यादका ससाना विवरणहरू पनि उर्लीएर आउन थाले । उनीहरूले एकअर्कालाई अहिले टाढा गइसकेकी आफ्नी आमाको शब्दहरू, मुस्कान, लबज र परिस्तिथिहरू स्मरण गराए । उनीहरूले उनलाई फेरि खुसी र स्थिर देखे । उनीहरूले उनले भनेका कुराहरू सम्झे र उनको सानो हात सम्झे जसलाई केही कुरालाई जोड दिएर भन्नुपर्दा उनी चलाउथिन् ।
र उनीहरूले उनलाई अहिलेसम्मकै धेरै प्रेम गरे । उनीहरूले आफ्नो वेदनाको गहिराइ नापे र पत्ता लगाए कि उनी बिना उनीहरू अब कति एक्ला हुनेवाला छन् ।
उनीहरूको सारथी, प्रेरणाको स्रोत, उनीहरूको सारा यौवन र जीवनको सबैभन्दा उत्कृष्ट भाग अब हराउँदै गइरहेको थियो । उनीहरूकी आमा उनीहरूको जीवन र बाबुबाजे बीचको सेतु थिइन् जसलाई अब उनीहरूले सधैंका लागि गुमाउँदै थिए । उनीहरू अब एक्ला थिए र अब कहिले पछाडि फर्केर हेर्न सक्दैनथे ।
बहिनीले दाइलाई भनी, ‘तपाईंलाई याद छ आमाले सधैं कसरी आफ्ना पुराना चिठीहरू पढ्नुहुन्थ्यो, ती अझै पनि त्यो दराजमा छन् । आऊनुस्, हामी पालैपालो ती सबै चिठीहरू पढौं र आज राति आमासँगै भएर उहाँको सबै जीवन पढौं ! यो हाम्रो लागि हजुरबुवा र हजुरआमालाई चिन्ने सेतुजस्तो हुनेछ जसलाई हामीले कहिले चिन्न सकेनौं, तर त्यहाँ कसका चिठीहरू छन् र उहाँ सबैभन्दा धेरै कसको बारेमा कुरा गर्नुहुन्थ्यो, तपाईंलाई याद छ?’
दराजबाट उनीहरूले लहरै सावधानीपूर्वक मिलाएर राखिएका लगभग १० वटा पहेंलो कागजको चिठी निकाले । उनीहरूले यी अवशेषहरूलाई विछ्यौनामा फाले र ‘बुवा; लेखिएको एउटा चिठीलाई रोजे । उनीहरूले त्यो खोले र पढे ।
यो आदिम खालको चिठी थियो जसलाई कसैले आफ्नो घरको दराजमा भेट्न सक्छ र जो सताब्दीऔं पुरानो जस्तो महसुस हुन्थ्यो । पहिलो चिठी यसरी सुरु हुन्थ्यो, ‘मेरी प्रिय’, अर्को चिठी, ‘मेरी राम्री सानी केटी’, अरु ‘मेरी प्यारी बच्ची’ वा ‘मेरी प्रिय’ । र अचानक छोरीले दिवंगत आमाको पूरा इतिहास र पूरा यादहरू कराउँदै पढ्न थाली । न्यायधिश छोरा खाटमा आफ्नो पाखुरा राख्दै आमातर्फ आँखा गाढ्दै सुन्न थाल्यो । अचल शरीर खुसी जस्तो देखियो ।
सिस्टर युलालीले पढ्दा पढ्दै अचानक बीचमै रोकिंदै भनी:
‘यिनीहरूलाई आमासँगै उहाँको चिहानमा गाढ्नु पर्छ । यिनीहरूलाई कात्रोको रुपमा प्रयोग गर्नुपर्छ र उहाँलाई त्यसैमा गाढ्नु पर्छ ।' उसले चिठीको अर्को प्याकेज निकाली जसमा कुनै नाम लेखिएको थिएन । उसले शान्त आवाजमा पढी,’ मेरी प्रिय मान्छे, म तिमीलाई औधी माया गर्छु । हिजोदेखि म तिम्रो यादले छटपटीरहेको छु । म तिम्रो ओंठ आफ्नो ओंठमा, तिम्रो आँखा मेरो आँखामा, र तिम्रो छाती मेरो छातीमा महसुस गर्छु । म तिमीलाई प्रेम गर्छु, म तिमीलाई प्रेम गर्छु ! तिमीले मलाई पागल बनाएकी छ्यौ । मेरो अँगालो खुल्छ, म निसासिन्छु र तिमीलाई नै आलिंगनमा बाँध्ने उत्कट इच्छा प्रकट हुन्छ । मेरो सारा आत्मा तिमीलाई पुकार्दै विलौना गर्छ र तिमीलाई नै चाहन्छ । मैले आफ्नो मुखमा तिम्रो चुम्बनको स्वाद अझै बाँकी राखेको छु—‘
ऊ अवाक् भएर सीधा भएर उभिरह्यो र दिवंगत महिलाप्रति अनविज्ञ जस्तो देखियो । उता छोरी भने सालिक जस्तो अचल भएर उभिंदै आँखाबाट आँसुको धारा बगाउँदै दाइलाई पर्खिंदै हेरिरहेकी थिई ।
न्यायधिश छोरो सीधा भएर उठ्यो । छोरीले पढ्न बन्द गरिसकेकी थिई । उसले बहिनीबाट चिठी खोस्यो र हस्ताक्षर खोज्यो । तर त्यहाँ केही भेटिएन । तर शब्दहरू तल लेखिएको थियो, ‘तिम्रो शुभचिन्तक’, र नाम, ‘ह्यारी’ उल्लेख गरिएको थियो । उनीहरूको बुवाको नाम रेने थियो । तसर्थ यो चिठी उनीबाट थिएन । त्यसपछि छोराले चिठीका प्याकेजहरूतर्फ आक्रामक रुपमा अगाडि बढ्यो र एउटा लिएर पढ्यो,
‘म तिम्रो स्पर्श बिना बाँच्न सक्दिनँ... ।'
ऊ अवाक् भएर सीधा भएर उभिरह्यो र दिवंगत महिलाप्रति अनविज्ञ जस्तो देखियो । उता छोरी भने सालिक जस्तो अचल भएर उभिंदै आँखाबाट आँसुको धारा बगाउँदै दाइलाई पर्खिंदै हेरिरहेकी थिई । त्यसपछि ऊ कोठाबाट अगाडि बढ्यो र झ्यालमा गएर एकोहोरो भएर अँध्यारो रातलाई एकटकले हेरिरह्यो ।
जब ऊ सिस्टर युलाली तर्फ फर्कियो, उसका आँखा अब सुख्खा भइसकेका थिए र ऊ अझै आफ्नो शिर निहुराउँदै खाट नजिकै उभिरहेकी थिई ।
ऊ अगाडि बढ्यो र छिटोछिटो सबै चिठीहरूलाई उठाएर दराजमा कोच्यो । त्यसपछि उसले खाटको पर्दा लगाइदियो ।
जब सूर्यको प्रकाशले टेबलमा भएका मैनबत्तीहरूको रङ्ग फुस्रो बनायो तब छोरा बिस्तारै आफ्नो कुर्सीबाट उठ्यो र आफ्नी आमा भएतर्फ पटक्कै नहेरीकन बिस्तारै भन्यो, ‘बहिनी अब हिंड, जाऊँ’
0 सुझाबहरु:
Post a Comment