अस्पतालको
झ्यालबाट (कविता)
-अनुप
जोशी
अस्पतालको
झ्यालबाट
देखिन्छ यौटा गल्ली
देखिन्छ यौटा गल्ली
एक
झुण्ड युवकहरु
स्कुल पोशाकमा ठाँटिएर हिडिरहेका छन्
एक जोडी युवायुवती
यौवनको रापले टाँसिइरहेका छन्
सपनाको मलामी बोकेर-
हुँइकिरहेछन् ताँतीका ताँती गाडीहरु
कोही तरकारी बेचिरहेछ सडकपेटीमा
स्कुल पोशाकमा ठाँटिएर हिडिरहेका छन्
एक जोडी युवायुवती
यौवनको रापले टाँसिइरहेका छन्
सपनाको मलामी बोकेर-
हुँइकिरहेछन् ताँतीका ताँती गाडीहरु
कोही तरकारी बेचिरहेछ सडकपेटीमा
म
हेरिरहेछु उनीहरुलाई
उनीहरु भने मतर्फ पटक्कै हेर्दै हेर्दैनन्
उनीहरु भने मतर्फ पटक्कै हेर्दै हेर्दैनन्
धूमिल
क्षितिजले-
यो सहरलाई गमल्याङगै छोपेको छ
प्रिय मान्छे-
तपाईं पनि कतै अदृश्य हुनुभएको छ यो सहरमा
यो सहरलाई गमल्याङगै छोपेको छ
प्रिय मान्छे-
तपाईं पनि कतै अदृश्य हुनुभएको छ यो सहरमा
यता
एनेस्थेसियाले बेहोस आमा
पीडाले छट्पट्टीएर भर्खरै ब्यूँझिनुभएको छ
खै कहाँ छिन् नर्स ?
खै कहाँ छ पेनकिलरको इन्जेक्सन?
अस्पतालको कोलाहलबीच
अब मैले भयानक अनुसन्धान सुरु गर्नुपर्ने छ
पीडाले छट्पट्टीएर भर्खरै ब्यूँझिनुभएको छ
खै कहाँ छिन् नर्स ?
खै कहाँ छ पेनकिलरको इन्जेक्सन?
अस्पतालको कोलाहलबीच
अब मैले भयानक अनुसन्धान सुरु गर्नुपर्ने छ
किन
आकाशिन्छ रक्तचाप ?
किन लाग्दछन् अनेकानेक रोगका भण्डार ?
कति एमजीको ट्याब्लेटले निचोर्छ रोगको घांटी?
यी सबै जानेका डाक्टरहरु
यहाँ ईश्वरजस्तै दुर्लभ छन्
अब मैले हजार जुनी तपस्या बस्नु छ
उनीहरुलाई जनरल वार्डमा बोलाउन
किन लाग्दछन् अनेकानेक रोगका भण्डार ?
कति एमजीको ट्याब्लेटले निचोर्छ रोगको घांटी?
यी सबै जानेका डाक्टरहरु
यहाँ ईश्वरजस्तै दुर्लभ छन्
अब मैले हजार जुनी तपस्या बस्नु छ
उनीहरुलाई जनरल वार्डमा बोलाउन
अस्पतालको
झ्यालबाट
देखिन्छ यौटा गल्ली
देखिन्छ यौटा गल्ली
केही
दिन अघिसम्म
म पनि आवतजावत गर्थें यहि गल्लीबाट
सायद त्यतिबेला एकजोर आँशुमा डुबेका आँखाहरु
र त्रासले भूट्भुट्टीरहेको मुटु
यहि झ्यालबाट तल गल्लीतर्फ हेरिरहँदो हो
अनि सोच्दो हो-
यो सहर मरिसकेको छ
म पनि आवतजावत गर्थें यहि गल्लीबाट
सायद त्यतिबेला एकजोर आँशुमा डुबेका आँखाहरु
र त्रासले भूट्भुट्टीरहेको मुटु
यहि झ्यालबाट तल गल्लीतर्फ हेरिरहँदो हो
अनि सोच्दो हो-
यो सहर मरिसकेको छ
अस्पतालको झ्यालबाट
देखिन्छ यौटा क्षितिज
प...र यौटा भीमकाय पहाडले निल्नै लागेको छ घाम
म अस्ताउन दिन्न तिमीलाई
म अस्ताउन दिन्न तिमीलाई !
देखिन्छ यौटा क्षितिज
प...र यौटा भीमकाय पहाडले निल्नै लागेको छ घाम
म अस्ताउन दिन्न तिमीलाई
म अस्ताउन दिन्न तिमीलाई !
0 सुझाबहरु:
Post a Comment