स्कुल मेरो खोलापारि वारि हाम्रो सानो घर
वर्खा आउँदा खोलामा नै डुब्छ मेरो पढ्ने रहर
पढ्न गइन् सानुमाया घर कहिल्यै फर्किनन्
त्यहाँदेखि बाआमाले मलाई स्कुल जान भनेनन्
सपना मेरो आकाश छुने खेतबारीमै बित्छ प्रहर
वर्खा आउँदा खोलामा नै डुब्छ मेरो पढ्ने रहर
कल्पनाको कोलाजमा म स्कुल जोड्ने पुल बनाउँछु
अक्षरसँग नाता गाँसी देशको आँशु पुछ्न् चाहन्छु
स्कुल मेरो खोलापारि वारि हाम्रो सानो घर
वर्खा आउँदा खोलामा नै डुब्छ मेरो पढ्ने रहर
0 सुझाबहरु:
Post a Comment