मैले
मायालु ठानेर
माया
गरेका आकृतिहरु
सबै मिराज मात्र थिए
सबै मिराज मात्र थिए
ब्रह्माण्डजस्तो
निस्सीम अँगालो फैलाएर
म
छातीभित्र समेट्न खोज्थें
ती आकृतिहरुलाई
कि हावाको धर्साभित्र
म शुन्य आफैंलाई निचोरिरहेको हुन्थ्यें
ती आकृतिहरुलाई
कि हावाको धर्साभित्र
म शुन्य आफैंलाई निचोरिरहेको हुन्थ्यें
ती
सबै आकृतिहरु भन्दा फरक
तिमी म भन्दा बाहिर पनि केही छौं
तिमी म भन्दा बाहिर पनि केही छौं
मबाट
बाहिरै भएर पनि तिमी
म भित्रको संसार ढाकीसकेकी छ्यौ
म भित्रको संसार ढाकीसकेकी छ्यौ
तिमी
आएपछि मिराजहरु
देख्दिन अचेल
देख्दिन अचेल
सायद
ती मेरो कल्पनाको परीहरुमात्र थिए
अब
मैले हिड्ने बाटो बिलकुल फराकिलो छ मायालु
यस्तो
साँघुरो छ कि
जताबाट साइड लागेर हिडें पनि
म तिमीसँगै ठोक्किन पुग्छु
जताबाट साइड लागेर हिडें पनि
म तिमीसँगै ठोक्किन पुग्छु
यो
साँघुरो बाटो
वा भनौं यो फराकिलो बाटोमा
सधैं मलाई पर्खिरहेकी तिमी
मैले तिमीलाई निहार्ने आखाँहरुजस्तै सत्य छौ
मेरो जिन्दगीको अन्धकार भर्न काफी छौं
वा भनौं यो फराकिलो बाटोमा
सधैं मलाई पर्खिरहेकी तिमी
मैले तिमीलाई निहार्ने आखाँहरुजस्तै सत्य छौ
मेरो जिन्दगीको अन्धकार भर्न काफी छौं
0 सुझाबहरु:
Post a Comment