झिल्को

यौटा सानो झिल्को थियो त्यो
यकीन छैन,
तिमीले सल्काएकी थियौ
वा मैले दुर्घटनावश सल्काएको थिएँ

त्यो यस्तरी फैलियो हाम्रो हृदयमाझ
कि तिमी पनि जलेर ध्वस्त भयौ
म पनि जलेर ध्वस्त भएँ

सायद कुनै फोनिक्स चराको
अर्को रुप थियौं हामी
तिम्रो पनि पुनर्जन्म भयो
मेरो पनि उत्तिखेरै पुनर्जन्म भयो

सायद मायाको झिल्को थियो त्यो
यो हाम्रो नयाँ जीवनमा
त्यहि तापले न्यानो दिईरहेको छ

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment