एक्लै हिड्छु एक्लै जिउँछु




एक्लै हिड्छु एक्लै जिउँछु साथी कोहि छैन
फुल फुल्छ, जुन हाँस्छ मेरो लागि हैन

सबै हिड्छन् एकर्काको हातमा हात समाएर
संगै हिड्ने साथीसँग बात गर्छन् रमाएर
एक्लै गाउँछु एक्लै सुन्छु साथी कोहि छैन
फुल फुल्छ, जुन हाँस्छ मेरो लागि हैन

ठुलाठुला भीड पनि शुन्य-शुन्य लागी दिन्छ
मेरा हरेक बिहानीलाई बादलुले ढाकी दिन्छ
एक्लै खोज्छु एक्लै भेट्छु साथी कोहि छैन
फुल फुल्छ, जुन हाँस्छ मेरो लागि हैन
Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment