तिमी उम्लिएर बाफ भयौ जमेर
म बरफ भएँ
तिमी सिङ्गै गीत भयौ म त आधा
हरफ रहेँ
मिठो बिपना दिन्छु भन्थ्यौ
सपना नै चोरी लग्यौ
यादहरु चैं नाशो छाड्यौ आफु
मात्रै एक्लै गयौ
मेरो मायामा बात लगायौ
मेरो विश्वासमा घात गरायौ
तिमी उम्लिएर बाफ भयौ जमेर
म बरफ भएँ
तिमी सिङ्गै गीत भयौ म त आधा
हरफ रहेँ
एक्लै बस्छु एकान्तमा मनको
कुरा मनमै दब्छ
जुन मायाले न्यानो दिन्थ्यो
त्यै मायाले मन पोल्छ
हाम्रो मायाको बिस्पोट गरायौ
आफु बेफिक्र उत्सब मनायौ
तिमी उम्लिएर बाफ भयौ जमेर
म बरफ भएँ
तिमी सिङ्गै गीत भयौ म त आधा
हरफ रहेँ
(यस गीतमा संगीतकार उमेश सुब्बाले संगीत भर्नुभएको छ)
0 सुझाबहरु:
Post a Comment