गाली गर उपेक्षा गर




गाली गर उपेक्षा गर हजार आक्षेपहरु सहिदिन्छु
नबस मौन पत्थर सरी मौनताले त म छटपटीन्छु

कामनाहरु तिम्रो आँगनीमा पठाउँछु म घामसरी
सबै याचना बिलूप हुन्छन् तिम्रो द्वारमा पुग्दा खेरी
ढोँगी भन कपटी भन हजार आक्षेपहरु सहिदिन्छु
नबस मौन पत्थर सरी मौनताले त म छटपटीन्छु

थाहा छ एकदिन अनन्तमा गुम हुनु छ अन्धकारमै
तिम्रै ध्वनि महत्वको छ सबैभन्दा संसारमै
गाली गर उपेक्षा गर हजार आक्षेपहरु सहिदिन्छु

नबस मौन पत्थर सरी मौनताले त म छटपटीन्छु
Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment