हजारौं चराहरुले विश्राम
गरेर जानेछन्
यहि बाटोलाई पछयाएर
हजार यात्रुहरु गन्तव्यमा
पुग्नेछन्
फूलहरु फुलिरहेकै हुनेछन्
वा वैलिएर झरीसक्नेछन्
मैले तिमीलाई प्रेम
गरीरहेको हुनेछु
वसन्तहरु जानेछन्
शिशिरहरु आउनेछन्
कुनै दिन म बुढो हुनेछु
छाला चाउरी पर्नेछन् र म
रोगी हुनेछु
मैले तिमीलाई प्रेम
गरिरहेको हुनेछु
म एक्लो हुनेछु
अनि कोहि मेरो सम्मुखमा
आएर हात दिनेछिन्
म सहर्ष स्विकार्नेछु
बाटोमा नयाँ कोपिलाहरु
फुल्नेछन्
म पानी हाल्नेछु
सुम्सुम्याउनेछु र गोडमेल
गर्नेछु
मैले तिमीलाई प्रेम
गरिरहेकै हुनेछु
यौटा घमाइलो दिनसगँ
म जिस्किएर तिम्रै गीत
गाउनेछु
अनि झरीका दिनहरुमा
म तिम्रै यादहरुको पछयौरी
ओढ्नेछु
मैले तिमीलाई प्रेम
गरिरहेको हुनेछु
-अनुप जोशी
.
.
0 सुझाबहरु:
Post a Comment